सुनिता डंगोलको सुझाव : उपचारभन्दा पनि रोग लाग्न नदिनु राम्रो

  Sampatti News

June 3, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको धारणा व्यक्त गरेकी छन् ।

शनिबार काठमाडौँमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको बताइन्।

कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामी सबैलाई थाहा छ( स्वस्थ रहे हामी सबै छौँ, स्वस्थ नरहे केही पनि छैन। जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन। त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो। आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ। रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो।’

उनले यस्ता कार्यक्रमहरूले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने पनि बताइन्।

प्रकाशित मिति:June 3, 2023