भारतीय दूतावासअगाडि ‘अखण्ड भारत’ नक्साको विरोधमा प्रदर्शन

Nepal Cover
२० जेष्ठ २०८०, शनिबार
image

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट जनवर्गीय संगठनहरूले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेको विरोधमा उनीहरुले प्रदर्शन गरका हुन्। भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तुलगायतका क्षेत्र राखेको छ।

भारतले हेपाह प्रवृति देखाएको भन्दै नेपालमा विरोध चर्किएको छ।