अनौठो ढंगले मनाइयो पशु अधिकार दिवस

Nepal Cover
२१ जेष्ठ २०८०, आईतवार
image

काठमाडौँ । विभिन्न जनावरका प्रतीक भएका मास्क लगाएर आज युवाहरुले काठमाडौँमा पशु अधिकार दिवस मनाएका छन्।

विश्वका विभिन्न देशहरुमा हरेक वर्ष जुन महिनाको पहिलो आइतबार पशु अधिकार दिवस मनाइन्छ। त्यसकै पूर्वसन्ध्यामा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा युवाहरुले विभिन्न जनावरका प्रतीक झल्किने मास्क लगाएका थिए।जनावरको अधिकारका बारेमा चेतना जगाउने उद्देश्यले शनिबार काठमाडौँको हनुमानढोका दरबार स्क्वायरमा कार्यक्रमको आयोजना गरिएको थियो। आजको दिन जनावरको ‘स्मृति दिवस’ र ‘स्वतन्त्रता दिवस’को रुपमा मनाइन्छ।