भारतमा प्रधानमन्त्रीले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको एमालेको आरोप

Nepal Cover
२१ जेष्ठ २०८०, आईतवार
image

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको आरोप लगाएको छ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए। अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ।

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताए।