प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

June 5, 2023

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले दुई वटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । हिजो प्रतिपक्ष तीन दलको अवरोधका कारण बैठक बस्न सकेको थिएन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित मिति:June 5, 2023