प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको छ: ओली

  Sampatti News Online

June 5, 2023

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताएका हुन् ।

उनले बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे। सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसक्ने बताए।

यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गरेका थिए । सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति:June 5, 2023