नागरिकता विधेयक खारेजी माग गर्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो

Nepal Cover
२३ जेष्ठ २०८०, मंगलवार
image

दाङ । नागरिकता विधेयक खारेजीको माग गर्दै नेकपा एमाले दाङले सोमबार बेलुका भालुवाङमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को पुत्ला दहन गरिएको छ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारीसँग केहीबेर धकेलाधकेलसमेत भएको थियो। भालुवाङ बस काउन्टरबाट राँके जुलुससहित प्रधानमन्त्री प्रचण्डको पुत्ला बोकेर बजार परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर पुत्ला दहन गरिएको थियो।

पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले राष्ट्रघाति नागरिकता विधेयक तुरुन्त खारेजीको माग गरे। त्यस्तै, उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेका राष्ट्रघाती सम्झौता खारेज गर्न र महँगी भ्रष्टाचार नियन्त्रण गर्न मागसमेत गरेका छन्।