जिसस स्याङ्जाको गाडी दुर्घटनाःसवारी चालकको मृत्यु,जिल्ला समन्वय अधिकारी सहित तीन घाइतेको उपचार हुँदै

  Sampatti News

June 8, 2023

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी स्थानीय अर्जुनचौपारीमा दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।मृत्यु हुने सवारी चालक त्यहाँको वालिङ– ४ एलादीका ३५ वर्षीय अमृत खनाल रहेका छन्।दुर्घटनामा परी घाइते भएका जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेलको उपचार जारी छ ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका– ३ खोलेमा जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य ३ जना घाइते भएका हुन्।

प्रकाशित मिति:June 8, 2023