प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल

  Sampatti News Online

June 9, 2023

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ ।

गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा एक सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।

प्रकाशित मिति:June 9, 2023