अब सुरुङ युगमा जानुपर्छ : स्वर्णिम वाग्ले

  Sampatti News Online

June 10, 2023

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए ।

शनिबार बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्त्व भएको बताए ।

उनले भने, यो आयोजना महत्त्वपूर्ण आयोजना हो, यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने र अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।

प्रकाशित मिति:June 10, 2023