उमेर हद उपयोगी नभएपछि हटाएका हौँ : केपी ओली

  Sampatti News Online

June 17, 2023

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएकाले हटाएको बताएका छन्।‘पार्टीमा ७० वर्ष कटेका साथीहरूले उमेर हद हटाउनुपर्छ भनिराख्नु भएको छ। पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो।

अखिल नेपाल महिला सङ्घ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भए पनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेर हद हटाइएको बताएका हुन् ।

उनले भने, ‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एक्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौँ।

प्रकाशित मिति:June 17, 2023