प्याजको मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी

  Sampatti News Online

June 18, 2023

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने बताएको छ । विभागले  एक सूचना निकालेर कारबाही गर्ने बताएको हो ।

सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ रहेको प्याज प्रतिकेजी १ सयभन्दा धेरै मूल्य पुगेको छ । बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन-अनुगमन गरिरहेको छ ।

अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कार्यवाही हुने छ, विभागले लेखेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति:June 18, 2023