कृतिका बनिन् मिस एसईई नेसनल २०२३

  Sampatti News Online

June 19, 2023

काठमाडौं । राजधानीमा हालै सम्पन्न मिस एसईई नेसनल २०२३ को उपाधि कृतिका रेग्मीले जितेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंखडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामर घोषित भए। ३२ जना छात्राको सहभागिता रहेको प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, फिल्म सम्पादक साहिल खान, मोडल एवं सञ्चारकर्मी रीता कद्मेल र नेपाल एयरहोस्टेस एकेडेमीकी रेजिना तुलाधर निर्णायक रहेका थिए। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति:June 19, 2023