रासयानिक मलको अभाव हुँदैनः प्रधानमन्त्री

  Sampatti News Online

June 23, 2023

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सो दाबी गरेका हुन्।

सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई सुदृण गरिएको प्रधानमन्त्रीको भनाई छ।

उनले सरकार किसानलाई मल उपलब्ध गराउन जिम्मेवार रहेको बताए। उनले भने, ‘गत साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक ट्रन मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मेट्रिक ट्रन मौजात छ। ४५ हजार मेट्रिक ट्रन भारतबाट यो महिनामा आउने व्यवस्था गरिएको छ।’

कृषिको उत्पादन र उत्पादकत्व मौसमी प्रणालीमा आधारित रहेको आएको छ। रासायनिक मल अभाव हुन नदिन नेपालमै रासायनिक मल उत्पादन गर्नका लागि गम्भीर ढङ्गले अध्ययन भइरहेको म अवगत गराउन चाहामन्छु,’ उनले भने।

प्रकाशित मिति:June 23, 2023