संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  Sampatti News Online

July 2, 2023

काठमाडौं । आज संसद् बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए ।

प्रकाशित मिति:July 2, 2023