सिटिइभिटिमा सदस्य सचिबको सेवा अबधिबारे सर्वोच्चमा मुद्दा: कर्मचारी अलमलमा

Nepal Cover
१५ श्रावण २०८०, सोमबार
image

भक्तपुर । प्राविधिक शिक्षा प्रदान गर्ने एकमात्र सरकारी निकाय सिटिइभिटिले पछिल्ला दिनहरूमा नयाँ नजीरको थप चर्चा बटुलेको छ। बेला बेलामा विद्यार्थीसँगको वार्ता सगैको आन्दोलन अनि राष्ट्रिय चिकित्सा शिक्षा सेवा आयोग सगको लफडाले गिजोलिएको यो सस्थाले आफ्नो पहिचान देखाउनुपर्ने र त्यसका निम्ति लागिपर्नु पर्ने बेलामा सदस्य सचिबको सेवा अबधिका बारेमा अलमलिएको छ।

सदस्य सचिब जिबनारायण काफ्ले

आम नागरिक सामु बिस्वस्नियता कमाएको दक्षनागरिक उत्पादन गराउदै आएको यस्तो महत्त्वपूर्ण निकाय भित्र चर्को राजनीति हाबी हुँदै जादा जागिरको सेवा श्रावण ४ गते ५८ वर्ष पुगि सकेका सदस्य सचिब जिबनारायण काफ्लेले आफुलाइ अन्याय भएको भन्दै सर्वोच्च गुहारे सगै कार्यालय भित्र कर्मचारी दुई भागमा बिभाजन भएको देखिन्छ ।

सदस्य सचिब काफ्लेले सर्वोच्च बाट एस्टे अर्डर गराएर दैनिक रूपमा कार्यालयमा खटिरहेका सदस्य सचिब काफ्लेले काम गरेको कतिपलाई निको लागेको छैन भने कतिपय कर्मचारी सदस्य सचिब काफ्लेलाई बल्ल न्याय मिल्यो श्रावण १५ गतेबाट जवाफ फर्काउने क्रममा पनि सर्वोच्च बाट न्याय पाउने बिश्वासमा काफ्ले पक्षधर कर्मचारी देखिन्छन। त्यसो त अब कतिपय कर्मचारीहरूसेवा अवधि ५८ वर्ष सकिएपछि पनि सर्वोच्च अदालतको ढोका ढकढक्याउनु र स्टे अडर ल्याउन सक्ने नजिर बनाएको भन्दै आक्रोशित देखिएका छ्न् ।

पछिल्लोपटक सिटिभिटीको इतिहासमा गलत नजिर स्थापित गराएको भन्दै कर्मचारी संघसंगठन १५ गतेको सर्वोच्चको सन्दर्भसम्म पर्ख र हेर को नितिमा रहेको देखिन्छ । अब हुने सर्वोच्चको फैसला सगै यहाँ भित्रका कर्मचारीतन्त्र तीन गुटमा बाडिने सम्भावना बढेर गएको बताइन्छ ।

५८ वर्ष सेवा अबधि बितिसकेकोले विकल्प प्रसस्तै हुदाहुदै सदस्य सचिब काफ्लेले सर्वोच्च नगएको भए चुनौतीले घेरिएको यो अवस्था सस्थाको निम्ति अनुकूल रहने थियो एउटा पक्षको भनाइ छ भने अर्को पक्षले पुरा सेवा अवधी नसकिएकाले पनि सदस्य सचिब काफ्लेले सबैको हकमा नजिर कायम गराउन सर्वोच्च पुक्नुभएको हो भन्छ्न्।

निर्देशक महेश भट्टराई

यस्तो दुई समुहको धारणा आइरहेको बेला आज पेसि रहेकोले सिनियर निर्देशक महेश भट्टराईले सर्वोच्चमा अाज जवाफ फर्काउन पाएनन् । यो मुद्दाको किनारा लाग्न केहिदिन कुर्नुपर्ने भएको छ।जे हुने हो चाडैं भैदिओस मध्यधार बोक्ने कर्मचारीहरू यस्तो बेला सस्थाको भबिस्य प्रति चिन्ताले सताएको बताउछन् ।