रोल्पमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

  Sampatti News Online

August 8, 2023

दाङ । रोल्पाको बाघमारबाट दाङको घोराहीको लागि छुटेको यात्रुबाहक बस रिचिमा पल्टिदा ५ जनाको मृत्यु भएको छ । त्यसैगरी घटनामा परेर १० जना घाइते भएका छन् । मृतकको पहिचान अहिले भएको भएको छैन् । ड्राइभरको लापरबाहीका कारण राम्रो बाटोमा पनि बस दुर्घटना हुँदा यात्रुले अकालमा ज्यान गुमाउनु परेको त्रिवेणी गाउँपालिका–७ का वडा अध्यक्ष भानबहादुर घर्तीमगरल बताए ।

प्रत्यक्षदर्शीका अनुसार गाडि तिब्र गतिमा थियो । तिब्रगतिका कारण गाडी पल्टिएर सडकबाट करिब एक सय मिटर तल खसेको छ । चालक भागेर प्रहरीकोमा पुगेका छन् ।’ स्थानीय प्रत्यक्षदर्शीले पनि तिब्रगति र लापरवाही पूर्ण तरिकाले दुर्घटना भएको बताएका छन् ।

१५ जना यात्रु लिएर बाघमारबाट ना ५ ख २६१२ नम्बरको बस दाङको घोराहीका लागि छुटेको थियो । भौगोलिक विकटता, यातायाताको असुविधाका कारण घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन नसक्दा थप मानविय क्षति हुनसक्ने वडा अध्यक्ष घर्तीमगरले बताए ।

प्रकाशित मिति:August 8, 2023