स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

  Sampatti News

August 10, 2023

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार नयाँ भर्ना खोलिएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:August 10, 2023