पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

  Sampatti News Online

August 12, 2023

काठमाडौँ । तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। 

उनका अनुसार अहिले सडक पूर्ण रूपमा अवरुद्ध छ। पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

उक्त पहिरोका कारण गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरुले सकस झेल्नुपरेको छ ।

प्रकाशित मिति:August 12, 2023