सरकारको स्थायित्वमा शंका गर्ने ठाउँ छैन 

  Sampatti News Online

August 12, 2023

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शंका गर्ने ठाउँ नभएको बताएका छन् । गठबन्धन दलहरूले मिलेर अगाडि बढेकाले सरकारको स्थायित्वमा शंका गर्ने ठाउँ नभएको उनको भनाइ छ ।

नेपालमा उद्यमदेखि रोजगारी सिर्जना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको आश्वासन दिए ।

नेपाल टेलरिङ व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकार मुलुकको आर्थिक अवस्था सुधारमा लागेको पनि बताए । सरकारले अर्थतन्त्र सुकारका लागि चालेका कदमको परिणाम छिट्टै देखिने उनको भनाइ थियो । ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको छ।

अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परे पनि चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले कतिपय समस्या पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ थियो ।

प्रकाशित मिति:August 12, 2023