८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

  Sampatti News

August 14, 2023

ललितपुर । ललितपुरमा ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललिपुरको टोलीले ललितपुर महानगरपालिका-२२ स्थित बुङ्मतिमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालनगरी बसेका ४१ वर्यीय दत्त सिंह बुढालाई पक्राउ गरेको हो ।

ती बालिका एक महिनाअगाडि चाइल्ड केयरमा बस्दै आएकी थिइन् । अहिले उनको उद्धार गरिएको छ । बुढाले संवेदनशील अंग योनी तथा शरीरको विभिन्न भागमा समाउने, सुम्सुम्याउने गरेको र नगर्नुभन्दा बालिकालाई निलडाम हुने गरी कुटपिट गरी शारीरिक यातना दिएको प्रहरीले जनाएको छ । 

ललितपुर जिल्ला अदालतबाट पहिलो पटक सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:August 14, 2023