महरा जोडिएको सुन तस्करीमाथि जाँचबुझ आयोगले छानबिन गर्ने

Nepal Cover
६ भाद्र २०८०, बुधबार
image

काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।