August 23, 2023
काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाका एक वडा सचिवसहित चारजनालाई सफाइ दिएको छ।
सामाजिक सुरक्षा कोषको ६१ लाख हिनामिनाको अभियोग लागेका वडा सचिव दीपक बहादुर दर्जीसहितले सफाई पाएका हुन् ।
गोरखाको साविक हंशपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दर्जीसहित चारजना विरुद्ध लागेको रकम हिनामिनाको अभियोगमा विशेष अदालतले बुधबार सफाइ दिएको हो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले अभियोग दाबी नपुग्ने ठहर गरेको हो।
रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले छानबिन गरेर दर्जीसहित हंशपुर गाविसका तत्कालीन हेल्थ असिस्टेन्ड सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी विशाल विक र साविक मुच्चोकको गाविसका अहेब चन्द्रकान्त सुवेदीविरुद्ध २०७८ फागुन ३० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति:August 23, 2023
November 24, 2024