प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढ्यो

  Sampatti News

August 24, 2023

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ ।

आज सूचक २०४५.८५ अंकमा पुगेको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति:August 24, 2023