सशस्त्र प्रहरी ईलामद्धारा १ लाख ७६ हजारको सामान बरामद

  Sampatti News Online

August 25, 2023

सशस्त्र प्रहरी बल ईलामले १ लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले भाद्र ६ गते जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईलस्थित सीमा ईलाकाबाट सामान बरामद गरेको हो ।

भन्सार छलीका सामानमा सबैभन्दा बढी किराना र कस्मेटिक सामग्री रहेका छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५ कार्टुन कुरकुरे, कस्मेटिक तथा इलेक्ट्रोनिक सामान प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको छ । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

प्रकाशित मिति:August 25, 2023