करेन्ट लागर एक होटल मजदूरको मृत्यु

  Sampatti News Online

September 1, 2023

उदयपुर । उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने कटारी नगरपालिकामा हिजो एक होटल मजदूरको करेन्ट लागर मृत्यु भएको छ ।

कटारी बजारमा रहेको मनकामना होटलमा नौ महिना अघिदेखि कामगर्दै आएका १८ वर्षिय प्रदिप मगरको होटलमा कामगर्दै गर्दाको अवस्थामा करेन्ट लागेर घाइते भएकोमा उपचारकालागि कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीले दिएको जानकारी अनुसार कटारी नपा ८ सिरिसे गाउँ घर भएका मृतक मगर होटलको खाना बनाउने भान्सामा करेन्ट लागर ढलेको र होटल संचालक अम्बर बहादुर श्रेष्ठले देखेर तत्कालै उपचारकालागि कटारी अस्पताल लैजाँदा बाटो मै उनको मृत्यु भएकोेले शवलाई पोष्ट मार्टमकालागि कटारी अस्पतालमा लगिएको थियाे ।

प्रकाशित मिति:September 1, 2023