तस्कर र प्रहरीबीच झडप : दुई प्रहरीसहित एक स्थानीय घाइते

  Sampatti News

September 1, 2023

बाँके । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् ।

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट शुक्रबार राती ९:३० बजे नम्बर ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।

ढुंगामुढा प्रहारबाट नं.३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् । यस्तै ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अस्वभावका साधनहरुमा समेत क्षति पुगेको छ । त्यसवेला सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएकाे छ  ।

प्रकाशित मिति:September 1, 2023