कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  Sampatti News

September 3, 2023

काठमाडौँ । आज (आइतबार) कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति:September 3, 2023