September 3, 2023
म तिमिलाई भेट्न आउने छु पर्खी बस है
टाढाबाट भागेर आउँछु भेट गर है
तिमिले मलाई खोज्नु पर्दैन म नजिकै हुनेछु
भेट होला तिमि सँग म जान्छु
ती कोमल नयनले मलाई हेर्नु है
हरेक क्षणमा तिमिले मलाई साथ देऊ है
जब आउनेछु म त्यो ठाउँमा पुग्नेछु
तिम्रा कोमल नयनमा आफूलाई पाउनेछु
मेरो मनले चाहे जति माया मलाई देऊ
केही गल्ती भयो भने मलाई सम्झाऊ
नाम -गोबिन्द राज ओझा (राजन)
प्रकाशित मिति:September 3, 2023