आजदेखि ‘हेलो सरकार’ २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने

Nepal Cover
१७ भाद्र २०८०, आईतवार
image

सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।अब टेलिफोन र इन्टरनेटको माध्ययमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । 

१२ वर्ष अघि वाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शुरुवात भएको र बीचमा सुस्ताएको हेलो सरकार पुन व्युताइएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहालले हेलो सरकारको समुद्घाटन गर्दै अब तीन सिफ्टमा, २४ सै घण्टा सुचारु हुने भएको छ । आज एक समारोहबीच हेलो सरकारको शुभारम्भ गरिएको हो । जहाँ मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

सुस्ताएझैं देखिएको हेलो सरकारलाई प्रविधि, जनशक्ति र सामग्रीले सुसुज्जित गर्दै गुनासो व्यवस्थापनको आधुनिक र उच्चस्तरीय संयन्त्रको रूपमा विकास गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

समारोहमा प्रधानमन्त्री प्रचण्डले हेलो सरकार कक्ष व्यवस्थित भएको,पुरानो निर्देशिका संशोधन गरिएको बताए । उनले सञ्चारका विभिन्न माध्यमबाट २४ सैं घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। हेलो सरकार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रत्येक सिफ्टमा उपसचिवहरूको नेतृत्वमा ३ सिफ्ट सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। पहिलो चरणमा विभिन्न दर्जाका कर्मचारीहरू खटाइएको छ।