दुई सचिवको सरुवा

  Sampatti News Online

September 4, 2023

काठमाडौँ । सरकारले २ जना सचिवको सरुवा गरेको छ। बसेको मन्त्रिपरिषद्को बैठकले २ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो। अघिल्लो मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो । 

वन सचिव डा. रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी तर्फ)मा सरुवा गर्दै त्यहाँ कार्यरत डा. दीपक कुमार खराललाई पौडेलको ठाउँमा लगिएको छ । 

पछिल्लो पशुपन्छी तथा वन दुवैतिरका सचिवले परफरमेन्स देखाउन नसकेको कुरा मन्त्रालयमा चलेको थियो । यता वनतिर व्यवस्थापनको पक्ष र उता पशुपन्छीतिर विशेष गरी लम्पी स्किनले बस्तुभाउ सोतर हुँदा सरकारको चर्को आलोचना भइरहेको थियो । 

प्रकाशित मिति:September 4, 2023