नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

Nepal Cover
१९ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ। भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो। तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन।

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको बताएका हुन्। उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्।

भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने बताइएको छ। हाल भारतले वर्षायाममा मात्र नेपालको पटके अनुमति पाएका बिजुली आयात गर्दै आएको छ।