दश दिन पछि डाक्टर कोइरालाको शव फेला

  Sampatti News

September 6, 2023

काठमाडाैं। डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन्। झापाको दमक वडा नं. १ निवासी डा. कोइराला सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो।

कोइराला माछा मार्ने स्थानीयले शव देखेर सशस्त्र प्रहरी बल चतरामा जानकारी गराए पश्चात देबेन्द्र रोक्काको नेतृत्वमा ०७ जना (३ जना डि. एम. तालिम प्राप्त) टोली र ईलाका प्रशासन कार्यालय चतरा बाट प्रहरी नायव निरीक्षक पृथ्वी कार्कीको ४ जनाको सयुंक्त टोलीले डुङ्गाको सहायताले शवलाई निकालेको छ । साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो।

प्रकाशित मिति:September 6, 2023