पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता सापकोटा पक्राउ

  Sampatti News Online

September 6, 2023

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा  रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारबाट आक्रमण गरेका थिए ।

कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । सापकोटाले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गर्थे ।

प्रकाशित मिति:September 6, 2023