काठमाडौं। सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश सकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ।
नावालिक बलात्कार मुद्दामा यसअघि पटक पटक पेसी तोकिएपनि सुनुवाई नभई सर्दै आएको थियो । उक्त मुद्दा भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो ।
सर्वोच्चले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।
यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडितको जन्म दर्तासम्बन्धी कागजातमा विवाद देखिएपछि पुनः सुनुवाइ हुन लागेको हो । अन्तिम बहस सकिएमा आजै आदेश आउने सम्भावना छ।