सरकारी गाडीको दुरुपयोग गर्ने समातिए

Nepal Cover
२४ भाद्र २०८०, आईतवार
image

भक्तपुर। नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।

शनिबार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।


युवा सङ्घ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले भक्तपुरमा समातिएनन् भने भक्तपुरको जगाती सूर्यविनायकमा तीन वटा भेटिएको हो

बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए ।