पहिरोका कारण अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

  Sampatti News

September 10, 2023

बैतडी । गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। अविरल वर्षापछि पहिराका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्म घरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

राजमार्गमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि दिउँसो राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति:September 10, 2023