१३ वर्षीय छात्रा मृत फेला परे पछि प्रिन्सिपल र सञ्चालक पक्राउ

  Sampatti News

September 11, 2023

दाङ । रुकुम पश्चिमको चौजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्धा परेपछि स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

स्कुलमा कक्षा ८ मा अध्ययनरत सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए ।

प्रकाशित मिति:September 11, 2023