सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ

  Sampatti News Online

September 11, 2023

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको प्रहरीको भनाई छ । 

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरूले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।

प्रकाशित मिति:September 11, 2023