नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

Nepal Cover
२६ भाद्र २०८०, मंगलवार
image

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व प्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेम्वाङको निधनको खबरपछि नेपाल त्रिवि शिक्षण अस्पताल नै पुगेका थिए। 

बुधबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्। संविधान सभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केही बेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भइ संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक बर्तौलाले जानकारी दिए।