श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  Sampatti News

September 12, 2023

रसुवा । आफ्नै श्रीमानको कुटाइबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेमा एक महिलाको मृत्यु भएको छ ।

६५ बर्षे श्रीमान सुकलाल बि.कले श्रीमती सिता बि.कलाई लठ्ठी प्रहारबाट सोमबार मृत्यु भएको हो। एक आपसमा घरायसी झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट साझ निधन भएको जिल्ला प्रहरी कार्यालय सुवासले जनाएका छन् ।

उक्त शबको मुचुल्का उठाई साढे ७ बजे पोस्टमार्टमको लागि जिल्ला अस्पताल रसुवा धुन्चे पठाइएको छ भने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले नियन्त्रणमा लिएको छ । घटनाकाे बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति:September 12, 2023