नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।
नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिनेछ। यो योजना भदौ २४ देखि असोज ७ गते सम्म लागु हुनेछ । उत्कृष्टलाई नगर पुरस्कारको समेत व्यव्था गरिएको छ ।
भिडियो बनाउँदा नेपाल टेलिकमलाई ट्याग गर्नुपर्ने छ भने #TeejwithNepalTelecom ह्यासट्याग समेत राख्नुपर्नेछ ।
च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टपअप प्रदान गरिने छ ।