काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। मंगलबार बिहान कतार एयरको जहाजबाट परराष्ट्रमन्त्री साउँद न्यूयोर्क प्रस्थान गरेका हुन्।
शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।