सडक विभागमा उपमहानिर्देशक सहित दर्जनौं डिभिजन प्रमुखको सरुवा को कहाँ ? (सुचिसहित)

  Sampatti News Online

September 13, 2023

काठमाडौँ । सडक अन्तर्गतका नौ जना सहसचिवको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागका उपमहानिर्देशकसहित केन्द्र, महाशाखा, आयोजना डिभिजन लगायतका सुईहरूको सरुवा गरेको हो ।

सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको छ । जसलाई पाँच महिना अघि मात्रै सो स्थानमा जिम्मेवारी दिइएको थियो। उनी सरुवामा परेका छ्न। यसैगरी सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीका प्रेम प्रकाश खत्रीलाई उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना, ललिजन खनाललाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट उपमहानिर्देशक सडक विभागमा ल्याइएको छ ।

त्यस्तै हरि कुमार पोखरेललाई पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजनाबाट सडक विभाग, पुलमा, श्यामबहादुर खड्कालाई उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारबाट सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत, अजय कुमार मूललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट हुलाकी राजमार्ग आयोजना निर्देशनालय, विनोद कुमार मौवारलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकमा सरुवा गरिएको छ ।

हुलाकी राजमार्ग आयोजनाका शुभ राज न्यौपानेलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखरा र जलमार्ग आयोजनाका सुई कुवेर नेपालीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको विवरण सम्पत्ति न्युजलाई प्राप्त भएको छ ।

काठमाडौ डिभिजनमा नारायणदत्त भण्डारी नुवाकोटमा सुबोध देबकोटा लाई जिम्मेवारी

यसैगरी बढी बजेट भएको काठमाडौ डिभिजनमा नारायण दत्त भण्डारी र नुवाकोटमा सुबोध कुमार देबकोटा लाई जिम्मेवारी दिइएको छ। देश भरिमा सत्तरी वटा डिभिजन प्रमुखहरुलाइ सरुवा गरिएको छ। कतिपय आयोजना प्रमुख पाँच महिना नपुग्दै सरुवामा परेकाले यो अन्याय किन गरियो भन्दै कतिपयले प्रश्न समेत गरेका छ्न। तथापि यसपटकको सरुवा मन्त्रीको निजि निवासमा बसेर राम्रै होमवर्क गरिएर ठुलै छलफल तथा आउने जस अपजसको कोणबाट अध्यन गरेरै गरिएको समाचार श्रोत बताउछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कतिपय डिभिजन र आयोजनाहरू आकर्षक निकायका रूपमा परिचित छन्, ती निकाय हाक्ने स्थानमा जिम्मेवारि दिनु अगाडि मन्त्री प्रकाश ज्वाला र सचिब केशवकुमार शर्माले यो सरुवा परदर्सी बनाउन ठुलै मेहनत गरेको बताइएको छ। तर कतिपयले आआफ्नो सेटिङ्ग मिलाउन भ्याएको आरोप समेत छ। बजेट बढी भएको र कतिपय आयोजना प्रमुखको पद हत्याउन विभिन्न शक्तिकेन्द्रले धाप मार्नु पर्ने त छदै छ तर मन्त्रीका वरिपरि बस्ने सुचना लिने धुपौरेहरुले समेत रकम लिएको चर्चा सरुवा ब्यबस्थापन नहुदै चल्न थालेको छ।यसतर्फ मन्त्री र सचिबले मसिनो ढङ्गले बुझ्नुपर्ने देखिन्छ।

सुचि:-

प्रकाशित मिति:September 13, 2023