ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

  Sampatti News Online

September 14, 2023

गाईघाट । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ ।

जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो साढे १ बजेतिर ना४ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा असई बस्नेतको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएको थियो । तर, उनको उपचार सुरु गर्नुअघिनै अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रकाशित मिति:September 14, 2023