लागुऔषध सहित तीन जनालाई पक्राउ

  Sampatti News

September 15, 2023

सुनसरी । सशस्त्र प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेका छन् । सुनसरी हरीनगर गाउँपालिका वडा नम्बर १ ईनरुवाबाट हरीनगर ७ का १५ बर्षे अल्लताप आलम, १६ बर्षे याहथा आलम र १३ बर्षे अरवाज आलम पक्राउ परेका हुन् ।

हिजो सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भुटाहा सुनसरीबाट खटिएको टोलीले भुटाहा भित्रि सडक खण्डमा सरप्राईज चेक प्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध ल्याउँदै गर्दा उनीहरुलाईलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुबाट चेकजाँचका क्रममा २ हजार २ सय ७५ Tramadol Hydrochlorde tablets  लागु औषध बरामद गरिएको सशस्त्र प्रहरी बल सुनसरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:September 15, 2023