जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ

  Sampatti News

September 15, 2023

ओखलढुंगा । गोदामभित्र जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ परेकाे छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:September 15, 2023