पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

  Sampatti News

September 17, 2023

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ । भोलि तिजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएको छ । 
 

प्रकाशित मिति:September 17, 2023