९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ

Nepal Cover
३१ भाद्र २०८०, आईतवार
image

हेटौंडा । मकवानपुरको हेटौंडामा मकवानपुरमा ९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ परेकाे छ। पक्राउ पर्नेमा ४५ वर्षीय भारतको बलरामपुर विर्तापुर निवासी दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन्। 

भारतीय ट्रकमा लुकाइछिपाई भारत लैजाँदै गरेको ९ सय १९ केजी गाँजा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरीले बताए।

सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रको टोलीले हेटौंडाबाट जाँचपासका क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नम्बरको ट्रकमा ९ सय १९ किलो गाँजा बरामद गरेको हो।

ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डिङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको छ। 

उक्त ट्रक भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको हुनसक्ने सशस्त्र प्रहरीले बताए । पक्राउ परेका २ जनाको थप अनुसन्धान भइरहेको र बरामद भएको गाँजा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने प्रक्रिया थालिएको छ।