काठमाडौँ महानगरद्वारा टिपटपलाई २ लाख जरिवाना

  Sampatti News

September 18, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मिठाई नगलस्थित टिपटप मिठाई पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। 

सोमबार महानगरले काठमाडौँ महानगरपालिका-१६ नगलस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरीले जनाएको छ । उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

यस्तै, अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत प्रहरीले गराइएको छ।

प्रकाशित मिति:September 18, 2023